Loading...

I'm

Parsu Ram Pokhrel

Under Secretary, At Ministry of Home Affairs, Kathmandu

10

Years

of working experience as an Under Secretary

My name is Parsu Ram Pokhrel, and I serve as an Under Secretary in the Ministry of Home Affairs, based in Kathmandu, Nepal. My work in this role involves contributing to the administration and governance of our nation's internal affairs, ensuring that policies and procedures are effectively implemented for the welfare of our citizens.

I was born in Resunga Municipality, Ward No. 14, Gulmi. This place holds a special place in my heart, as it shaped much of who I am today.

News

१६ सयलाई उछिन्दै ‘टपर’ उपसचिव बने पर्शुराम

लोकसेवा आयोगले आव २०८०/८१ मा लिएको नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गतको खुलातर्फको उपसचिवको परीक्षामा सहभागी भएका पर्शुराम पोखरेल प्रतिस्पर्धी १६ सयभन्दा बढीलाई उछिनेर ‘टपर’ उपसचिव बन्न सफल हुनुभएको छ । नेपाल सरकारको नीति निर्माण तहका लागि आवश्यक सूचना संकलन गर्ने, विश्लेषण गर्ने र नीति निर्माण तहमा रहनेहरूलाई मुख्य सहयोग गर्ने तथा विभिन्न कार्यालय प्रमुखको भूमिकामा समेत रहने उपसचिव पदमा पुग्न लोकसेवाको कठिन परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ । यसका लागि ठूलै मिहिनेत, परिश्रम र निरन्तरको लगाव चाहिन्छ । उपसचिव पोखरेलले नियमित अध्ययन र परिश्रम तथा सेवाप्रतिको उच्च आकांक्षाले सार्थकता पाएको बताउँदै भन्नुभयो– ‘सिकाइ, बुझाइ र लेखाइको प्रतिफल नै सफलता रहेछ ।’

निजामतीमा पर्शुरामको छलाङ : खरिदारबाट प्रवेश, अधिकृत भएको १० वर्षपछि ‘नम्बर वान’

लोकसेवा आयोगले विसं २०८०–८१ मा सामान्य प्रशासन समूहको राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)मा खुला प्रतिस्पर्धाका लागि विज्ञापन खुलाएको थियो । जसमा पर्शुराम पोखरेलले एक नम्बरमा नाम निकालेका छन् । पर्शुरामले १ हजार ६६५ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै आफूलाई ‘टपर’मा दर्ज गरे । लोकसेवाको परीक्षालाई कठिन मानिन्छ । त्यसमा पनि ‘टपर’ भएर निस्किएपछि परशुरामले अहिले वाहवाही पाइरहेका छन् । ६ जनाको कोटामा एक नम्बरमा सिफारिस भएका उनको नियुक्ति हुन भने बाँकी छ । पर्शुराम २०६७ मा खरिदारबाट निजामती सेवामा प्रवेश गरेका थिए । १४ वर्षपछि उनले एक नम्बर उपसचिवमा मारेको छलाङ अनुकरणीय रहेको उनका सहकर्मीहरू बताउँछन् ।

Contact

My office:

Ministry of Home Affairs, Singhadurbar, Kathmandu


Call me:

+977 985-1167298


Mail me:

[email protected]


Follow me:

Copyright © 2024 All Rights Reserved by App Technologies